माओवादी केन्द्रले नाम र चुनाव चिह्न फेर्ने (प्रस्तावसहित)


२६ माघ २०७९, बिहीबार
mao baithak

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने भएको छ । पार्टीको संरचनामा आमुल परिवर्तन ल्याउने उद्देश्यका साथ माओवादीले नाम र चुनाव चिह्न फेर्न लागेको बताइएको छ । यही माघ १२ गतेदेखि २१ गतेसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारे व्यापक छलफल समेत भएको छ ।

उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयमले पार्टीको नाम र चुनाव चिह्न फेर्ने प्रस्ताव राखेको बताइएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्तावमार्फत अघि बढाएको उक्त प्रस्ताव पारित समेत भइसकेको बताइएको छ । प्रस्तावमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडि सारेका छन् ।

‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने,’ उनले प्रस्ताव गरेका छन्, ‘तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने ।’ प्रचण्डले आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिँदा माओवादी खुम्चिँदै गएको पनि स्वीकारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७