उत्तर कोरियाले देखायो हालसम्मकै ठूलो मिसाइल, अमेरिकालाई चुनौती


२६ माघ २०७९, बिहीबार
kim 2

काठमाडौं । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) को अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शनी देखाएको छ । धेरै विश्लेषकहरूले यी मिसाइलहरुले अमेरिकाको रक्षा प्रणालीलाई नै सम्भावित चुनौती दिन सक्ने बताएका छन् ।

बुधबारको सैन्य परेडमा दर्जन बढी आईसीबीएमहरु देखाइएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बुधबार (फेब्रुअरी ८) को मध्यराति श्रीमती र छोरीसँगै सैन्य परेडको अवलोकन गरेका छन् । सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार कोरियाली जन सेनाको स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा सो परेड आयोजना गरिएको थियो ।

kim

केसीएनएलेले आईसीबीएमले प्योङयाङको सबैभन्दा ठूलो आणविक स्ट्राइक क्षमता देखाएको जनाएको छ भने, परेडमा रणनीतिक आणविक एकाइहरू पनि देखाइएको थियो । बुवा किम जोङ उन र आमा रि सोल जुसँगै छोरी किम जु एको उपस्थितिले उनलाई उत्तराधिकारीको रूपमा राखिएको अनुमानलाई उत्प्रेरित गरेको छ ।

परेडमा देखाइएका लामो दूरीका मिसाइलको संख्याले चिन्ता बढाएको छ । सैद्धान्तिकरुपमा अमेरिकी मुख्य भूमिसम्म प्रहार गर्न सक्ने यस्ता धेरै क्षेप्यास्त्रहरूले धेरै आणविक हतियार बोकेको अवस्थामा अमेरिकी आणविक सुरक्षालाई सम्भावित रूपमा पराजित गर्न सक्ने विश्लेषकहरूलेको भनाइ छ ।

kim 1

उत्तर कोरियाको मिडियाले विस्तृत विवरण सार्वजनिक गरेको छैन्, तर यस्तो हतियारले देशको शक्तिशाली युद्ध प्रतिरोध र प्रतिआक्रमण क्षमता प्रदर्शन गरेको बताएको छ । बिहीबार बिहान उत्तर कोरियाली मिडियाले प्रकाशित गरेका तस्बिरहरूमा प्योङयाङको केन्द्रीय स्क्वायरमा एक दर्जनभन्दा बढी आईसीबीएमहरू घुमिरहेको देखाइएको थियो ।

केही उत्तर कोरियाली विश्लेषकहरूले प्रदर्शनमा नयाँ आईसीबीएम लन्चर पनि समावेश रहेको र ती ठोस ईन्धन मिसाइल समायोजन गर्न डिजाइन गरिएको बताएका छन्। तरल ईन्धन मिसाइलहरू भन्दा ठोस ईन्धन मिसाइलहरू छिटो प्रक्षेपण गर्न सकिन्छ र यसविरुद्धको प्रतिरक्षा समेत कठिन हुन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७