उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर ओली र प्रचण्ड छलफलमा


२६ माघ २०७९, बिहीबार
prachanda kp oli
फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित स्थगित भएको छ । आज (बिहीबार) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

सचिवालय स्रोतका अनुसार संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माबीचबीच बालुवाटारमा छलफल भइरहेको छ । सुदूरपश्चिम सरकार टिकाउने र राष्ट्रपति चुनावका लागि सत्तारुढ दलबीच छलफल गरेर एउटै धारणा बनाउन संयन्त्रको बैठक बस्ने तय भएको थियो । तर, अन्तिम समयमा बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा जुटेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिइरहेको छ । सरकार बनाउन साथ दिएको नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सरकार जोखिममा परेको छ । यही बेला संयन्त्रको बैठकबाट सहमति गराउने प्रयास गर्ने तयारी थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७