उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने


२६ माघ २०७९, बिहीबार
gathabandhan rajnitik samyantra

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ । आज (बिहीबार) का लागि तय गरिएको बैठक स्थगित गरेर शुक्रबार बिहानका लागि बोलाइएको हो । बैठक बिहान ९ बजे बस्ने छ ।

बिहीबार सुदूरपश्चिम प्रदेश संकटमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संयन्त्रको बैठक स्थगित गरेर छलफलमा जुटेका थिए ।

ओली र प्रचण्डबीच सुदूरपश्चिम प्रदेश सरकार जोगाउने विषयमा छलफल भए पनि अन्ततः आजै त्यहाँको सरकार ढलेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार एक महिनामै ढलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७