बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुरु


२७ माघ २०७९, शुक्रबार
seven party

काठमाडौं । सरकार सञ्चालनका लागि बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुरु भएको छ ।
बैठक केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको जस्ता बदलिएको राजनीतिक परिस्थितिका बीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बसिरहेको हो । संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७