उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक : रास्वपालाई सरकारमा आउन आग्रह


२७ माघ २०७९, शुक्रबार
seven party

काठमाडौं । राट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा आउन आग्रह गरिएको छ । आज (शुक्रबार) बिहान बालुवाटारमा भएको उच्चस्तरीय राजनीति संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भएको हो ।

सरकारका उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनका अनुसार रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भएको छ । ‘नियमित बैठक हो, बेलाबेलामा बसिरहन्छ । समग्र अहिलेसम्मको कामको समीक्षा भयो’, उनले भने, ‘अझै व्यवस्थित ढंगले कसरी काम गर्न सकिन्छ भन्ने कुरा भयो ।’

रास्वपाका सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनले सांसदसहित उपप्रधान तथा गृह मन्त्रालय गुमाएका थिए । पुनः गृह मागे पनि गृहमन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्वीकार गरेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । त्यस्तै आजको बैठकमा राष्ट्रपतिबारे छलफल हुने बताइए पनि उक्त विषयले बैठकमा प्रवेश नपाएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७