जिम्मेवारी नपाएको भन्दै लुम्बिनीकी मन्त्री केसीले दिइन् राजीनामा


२८ माघ २०७९, शनिबार
krishna kc2023 02 11 12 21 25

लुम्बिनी । लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्णा केसी (नमुना) ले पदबाट राजीनामा दिएकी छिन् । मन्त्री भएको लामो समयसम्म पनि कुनै जिम्मेवारी नपाएको भन्दै केसीले मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा बुझाएकी हुन् ।

‘लामो समयदेखि जिम्मेवारी नपाउने, पार्टीको भूमिकाप्रति आपत्ति जनाउँदै मन्त्री ज्यूले राजीनामा दिनु भएको हो’, स्रोतले भन्यो । केसी बाँके क्षेत्र नं.१ (क)बाट निर्वाचित सांसद हुन् ।

पुस २७ गते केसीले मन्त्रीको रुपमा शपथ ग्रहण गरेकी थिइन् । तर, एक महिनासम्म पनि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन । मुख्यमन्त्री गिरीसहित एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी मन्त्री भएका थिए । तर, भागबण्डा नमिलेपछि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन ।

पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । गिरीले माघ ५ मा ५९ सांसदको विश्वासको मत पाएका थिए । मुख्यमन्त्रीले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७