प्रधानसेनापति शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अख्तरबीच भेट


२०७९ फाल्गुण २ मंगलबार ११:३६ बजे

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरबीच भेटवार्ता भएको छ । भद्रकालीस्थित जंगीअड्डामा भएको भेटमा सैनिक सहायता सम्बन्धमा छलफल भएको हो ।

यस्तै दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगीअड्डाले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

अख्तरले नेपाल भ्रमणका क्रममा सरकारी र नेपाली सेनाका अधिकारीसँग भेटघाट गर्ने अमेरिकी दूतावासले जनाएको छ । इसिमोड तथा ऊर्जा नेपालका नेपाली साझेदारसँग पनि छलफलको कार्यक्रम रहेको जनाइएको छ ।

‘जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानवअधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल हुनेछ’, दूतावासले भनेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७