मन्त्री बिना मगर बनिन् तीन बालबालिकाको अभिभावक


१० बैशाख २०७५, सोमबार
bina magar 3

कञ्चनपुर, १० बैशाख । खानेपानी मन्त्री बिना मगरले तीन जना बालबालिकाको अभिभावक बनेकी छन् । राष्ट्रिय विद्यार्थी भर्ना अभियान अन्तर्गत मन्त्री मगरले कञ्चनपुरका तीन बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी हुन् ।bina magar 3

मन्त्री मगरले बेलौरी नगरपालिका–१० शिवनगरस्थित सिद्धेश्वर माविमा सन्दिप चौधरीलाई ७ कक्षामा, बेलौरीकै पुष्पलाल जनजागृति माविमा आदित्य चौधरीलाई ५ कक्षामा र बेल्डाडी गाउँपालिकाको शिद्धनाथ माविमा प्रकाश गिरीलाई १ कक्षामा भर्ना गराएकी छिन् ।

शिवनगरको शिद्धेश्वर माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले अभिभावकत्व ग्रहण गर्ने अभियान सन्देशमुलक भएको बताइन् । ‘भर्ना अभियानले गाउँ–गाउँ र वडा–वडामा जागरण पैदा गरेको छ,’ उनले भनिन्, ‘सरकारको भर्ना अभियानलाई सफल बनाउन सबैले बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुपर्छ ।’

गरीब र सबै वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन सरकारले अभियान थालेको उनले बताइन् । ‘समृद्ध नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन विद्यार्थी भर्ना अनिवार्य हुन्छ,’ उनले थपिन्, ‘शिक्षालाई रोजगारमुलक बनाएर समृद्धि ल्याउन सकिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७