खत्याड गाउँपालिकासँग कर्णाली करिडोर जोडिँदै


२०७९ फाल्गुण ४ बिहीबार १०:२५ बजे

सुर्खेत । कर्णाली नदीमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेसँगै कर्णाली करिडोर मुगुको खत्याड गाउँपालिकासँग जोडिने भएको छ । सुकाढिक झुगलास्थित कर्णाली नदीमा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेसँगै खत्याड गाउँपालिका र कर्णाली करिडोरको सडक सम्बन्ध जोडिने भएको हो ।

सो गाउँपालिका र कर्णाली प्रदेश सरकारको करिब रु तीन करोड ३५ लाख रुपैयाँ लगानीमा सो नदीमा ६० मिटरको बेलिब्रिज निर्माण तीव्र गतिमा भइरहेको छ । पुल निर्माणको ठेक्का लिएको जल्पा-रविचक्र जेभीले यही फागुन पहिलो साताभित्र काम सक्ने गरी निर्माणलाई तीव्रता दिएको छ ।

पुल निर्माण भए बाह्रै महिना यातायात सञ्चालन हुने र आसपासका धेरै गाउँका बासिन्दालाई सुविधा पुग्ने स्थानीय कमल शाहीले बताए । पुल बनेपछि गाउँसँग सहरी क्षेत्रहरू जोड्न सजिलो हुने खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले बताए । सुकाढिक झुगलादेखि निगालीबोटसम्म सडक निर्माण भइसकेको छ । पुल बनेपछि कर्णाली करिडोरबाट आएका सवारीसाधन रातापानी, गम्था हुँदै निगालीबोटसम्म पुग्ने छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७