नुवाकोटको पारच्याङमा गाडी पुग्यो


३ कार्तिक २०७४, शुक्रबार
Nuwakot district नुवाकाेट

नुवाकोट : नौकुण्ड गाउँपालिकाको केन्द्र, सरमथलीको पारच्याङसम्म यातायात सेवा सञ्चालनमा आएको छ ।  रसुवाको उत्तरगया गाउँपालिकाको बोगटीटारदेखि भोर्ले हुँदै नौकुण्ड गाउँपालिकाको केन्द्र सरमथलीको पारच्याङसम्म सडक विस्तार भएसँगै स्थानीयवासी खुशी भएका छन् । गाउँमा पहिलो पटक विहिबार पुगेको गाडी (जिप) देखेर स्थानीय वृद्धवृद्धा दंग परेका थिए ।

Nuwakot district नुवाकाेट

सांसद् विकास कोषको रु २० लाख र नौकुण्ड गाउँपालिकाको रु २० लाख गरी रु ४० लाखको लगानीमा सडक विस्तार गरी पारच्याङसम्म गाडी सञ्चालनमा आएपछि स्थानीयवासीले गाउँमा उब्जनी भएका कृषि सामग्रीलाई बजार पु¥याउन, बजारबाट खाद्य सामग्री गाउँ भित्र्याउन र आवास निर्माणका लागि निर्माणजन्य सामग्रीको ढुवानी गर्न सहजता भएको नौकुण्ड गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष मेम्मरसिंह तामाङले बताउनुभयो ।

गाडी सञ्चालनले नौकुण्ड गाउँपालिकाको यार्सा, सरमथली र भोर्लेका बासिन्दालाई गाउँबाट शहर जोड्न सहयोग पु¥याएको छ । कच्ची सडक भएकाले यात्रुलाई सेवा पु¥याउन जिप र सामग्री ढुवानी गर्न मिनीट्रक सञ्चालनमा ल्याइएको छ ।

सडक सञ्चालनमा आएसँगै सो क्षेत्रको विकास र आर्थिक समृद्धिमा सहयोग पुग्ने भन्दै व्यवस्थित सडक बनाउन स्थानीय तहको कार्यालयले बजेट छुट्याउने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७