बार्सिलोना र म्यानचेस्टर युनाइटेडको खेल बराबरी


५ फाल्गुन २०७९, शुक्रबार
Man U barsa

काठमाडौं । युरोपा लिग अन्तर्गत नकआउट चरणको प्लेअफको पहिलो लेगमा म्यानचेस्टर युनाईटेड र बार्सिलोनाले बराबरी खेलेका छन् ।

बिहीबार राति भएको खेलमा युनाईटेड र बार्सिलोनाले २–२ गोलको बराबरी खेलेका हुन् । घरेलु टोली बार्सिलोनाका लागि मार्कस अलन्सो र राफिन्हाले एक एक गोल गरे । भ्रमणकारी टोली युनाइटेडका मार्कस रास्फोर्डले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको ५० औं मिनेटमा अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ५२ औं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाईटेडलाई १–१ को बराबरीमा ल्याए । त्यस्तै, ५९औं मिनेटमा बार्सिलोनाका जुल्ड कुन्डेले आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा २–१ को अग्रता लियो । तर, ७६ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

युरोपा लिगकै अन्य खेलहरूमा नेदरल्याण्ड्सको आयाक्सले जर्मनीको युनियन बर्लिनसँग गोलरहित बराबरी खेल्दा फ्रान्सको मोनाकोले जर्मनीको बायर लिभरकुजेनलाई ३–२ ले पराजित गरेको छ । यसैगरी, इटालीको युभेन्टसले फ्रान्सको नान्तेससँग १–१ गोलको बराबरी खेल्दा स्पेनको सेभियाले नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभनलाई ३–० ले हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७