स्कटल्याण्डविरुद्ध नेपालको कसिलो फिल्डिङ : सन्दीपले लिए ३ विकेट

२९ ओभरमा स्कटल्याण्डले बनायो १२८ रन


५ फाल्गुन २०७९, शुक्रबार
sandeep 2

काठमाडौं । आइसीसी विश्वकप एक दिवसीय त्रिकोणात्मक श्रृंखलामा स्टकल्याण्डविरुद्ध नेपालले कसिलो फिल्डिङ गरिरहेको छ । सन्दीप लामिछानेको तीन विकेटले प्रेरित श्रृंखलामा नेपालले स्कटल्याण्डलाई ३० ओभरसम्म शान्त राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्याण्डले ३० ओभर सकिँदा ६ विकेट गुमाएर १२८ रन बनाएको छ । स्टकल्याण्डले पाँचौं विकेटका लागि ४६ रनको साझेदारी गरे पनि ठूलो साझेदारी बनाउन संघर्षरत छ ।

स्कटल्याण्डका ओपनरद्वय क्रिस्टोफर म्याकब्राइड २२ तथा कप्तान रिची बेरिङटन १९ रन बनाएर आउट भएका छन् । यस्तै, टोमस म्याकिन्टोस १९ तथा विकेटकिपर ब्याटर दुई रन बनाएर आउट भए । त्यसबाहेक ब्रान्डोन म्याकमुलेनले २२ तथा क्रिस ग्रिएभ्सले १६ रन बनाएका छन् ।

अहिले क्रिजमा माइकल लिस्क ९ तथा ज्याक हार्भिस सात रन बनाएर खेलिरहेका छन् । नेपालका लागि सन्दीपले आठ ओभरमा २३ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका छन् । कुशल मल्ले दुई तथा कुशल भुर्तेलले एक विकेट लिएका छन् ।

श्रृंखलामा यो दुवै टिमको दोस्रो खेल हो । नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । यस्तै बुधबार स्कटल्याण्डले नामिबियाविरुद्ध १० विकेटको शानदार जित हात पारेको थियो । त्यो जितसँगै स्कटल्याण्ड विश्वकप क्रिकेट लिग–२ च्याम्पियन बनिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७