सांसद चौधरीलाई माफी मिनाहा दिने सरकारको तयारी, राष्ट्रपतिकोमा फाइल


५ फाल्गुन २०७९, शुक्रबार
arun

काठमाडौँ । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहा गर्ने प्रक्रिया अघि बढाएको छ ।
महान्यायाधिवक्ताको रायसुझावका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषद् हुँदै राष्ट्रपति विद्यादेवी भण्डारीकोमा पठाएको हो । कैद तथा माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार चौधरीको हकमा सरकारले प्रक्रिया अघि बढाएको हो । स्रोतका अनुसार राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफी मिनाहा गर्दैछ ।
सांसद चौधरीमाथि एमालेका नेता महादेव बजगाईको ट्याक्टर आगजनीको आरोपमा अदालतले दोषी ठहर गरेको थियो । अदालतको आदेशअनुसार चौधरी केही साता अघि मात्रै पक्राउ परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७