स्कटल्याण्डविरुद्ध कुशल मल्लको अर्धशतक


५ फाल्गुन २०७९, शुक्रबार
kushal malla

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिदेशीय एक दिवसीय श्रृखलाअन्तर्गतको खेलमा स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य पछयाएको नेपालका लागि कुशल मल्ले अर्धशतक पूरा गरेका छन् ।

आज (शुक्रबार) जारी त्रिवि क्रिकेट मैदानमा नेपालका लागि कुशलले ४२ बलमा ६ चौका र ३ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । यो कुशलको दोस्रो एक दिवसीय अर्धशतक हो । योसँगै नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १२४ रन बनाएको छ। नेपालका कुशल भुर्तेल १६ रन र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।

क्रिजमा अहिले कुशल मल्ल र दिपेन्द्र सिंह ऐरी रहेका छन् । मल्ल ५२ रनमा अविजित रहँदा ऐरी १९ रनमा अविजित रहेका छन् । कुशलको एक दिवसीय अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक हो । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो ।

स्कटल्याण्डका लागि माईकल लिस्कले ८५ बलमा १०७ रनको शतकीय ईनिङ खेले। उनले ३ चौका तथा ९ छक्का प्रहार गरे । उनले ७९ बलमा ३ चौका र ९ छक्काको सहयोगमा १ सय रन बनाएका थिए। एकदिवसीय अन्तराष्ट्रियमा उनको यो पहिलो शतक हो । नेपालविरुद्धको आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए ।

नेपालले पावर प्ले नसकिँदै शीर्ष क्रमका ब्याटर गुमाइसकेको छ । नामिबियाविरुद्धको खेलमा शतक प्रहार गरेका ओपनर कुशल भुर्तेल ८ बल खेल्दै ४ चौका प्रहार गरेर १६ रनमा आउट भए । आसिफ शेख ९, ज्ञानेन्द्र मल्ल ४, कप्तान रोहित पौडेल ६ र सुन्दिप जोरा ५ रनमा पभेलियन फर्किएपछिनेपाल संकटमा परेको हो । स्कटल्यान्डका तीब्र गतिका बलर क्रिस सोलले तीन र मार्क वाटले दुई विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७