बैंक तथा वित्तीय संस्थाहरुविरुद्व उद्योगी–व्यवसायीको प्रदर्शन

सुर्खेतमा बैंक र लघुवित्तविरुद्ध विप्लव समूहको प्रदर्शन


५ फाल्गुन २०७९, शुक्रबार
bank birodh

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न संघ संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बैंकिङ व्याजदर एक प्रतिशत कायम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने लगाएका माग राख्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, निजी स्वार्थका कारण व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आएको उनीहरुको गुनासो छ ।

उनीहरुले सहुलियत कर्जाको सीमा बढाउ, बैकिङ आतंक बन्द गरलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकको व्याज नतिर्ने कुनै नियत नभएको तर बैंकिङ व्याजदर एक प्रतिशतमा झार्नुपर्ने बताए । उनले आफूहरुलाई गरिखान दिनका लागि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।

उद्योगी व्यवसायीहरूका नौ वटा महासंघ र ३८ वटा संघले बैंकहरूविरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् । विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरूले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकको आतङ्कलाई बन्द गर्न र व्यवसायीहरूलाई गरिखान दिन आवाज उठाइरहेको बताए । उनले देशका उद्योगी व्यवसायीहरूको माग सम्बोधन हुन सबै व्यवसायी प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै प्रश्न गरे ।

त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष कुमार कार्कीले नेपालीहरूले नेपालमा नै गरिखान पाउनुपर्ने बताए । उनले व्यापारीहरूले आठ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्‍याउँदा समेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए । उनले बैंकर्स र वित्तीय संस्थाहरू सामन्ती बनिरहेको आरोप लगाए ।

सुर्खेतमा बैंक र लघुवित्तविरुद्ध विप्लव समूहको प्रदर्शन
यसैबीच बैंक तथा लघुवित्तको चर्को ब्याजको विरुद्धमा सुर्खेतमा प्रदर्शन गरिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चर्को ब्याजदरका विरुद्ध विरोध प्रदर्शन गरेको हो । वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको विरोध र्‍याली वीरेन्द्रचोकमा पुगेको थियो । वीरेन्द्रचोकमा आयोजित कोण सभामा नेकपाका सुर्खेत जिल्ला इन्चार्ज धुर्व सिले बैंक तथा लघुवित्तको ऋणले मानिसहरूलाई आत्माहत्या गर्न बाध्य बनाएको बताए ।

surkhet

उनले उपभोक्तालाई मारमा पार्ने ती संस्थाहरूका विषयमा सरकारले उचित कदम चाल्न नसकेको बताए । बैंक र लघुवित्तहरूले गरेको ज्यादतिका विषयका पार्टीले अभियान नै सञ्चालन गरेको बताउँदै उनले यसलाई सामान्य रूपमा नलिन सरकारलाई चेतावनी समेत दिए ।

यस्तै नेकपाका सुर्खेत जिल्ला सचिव जित सिले बैंक तथा लघुवित्तले जनतालाई ऋणको कारण परेको समस्यालाई तत्काल समाधान गर्न सुझाव दिए । उनीहरूका समस्याहरू समाधान नभए नेकपाले फरक अभियान चलाउने बताए। उनले राज्यले व्यवसायीहरूलाई समेत स्वतन्त्र रूपमा व्यवसाय गर्न अवरोध सिर्जना गरेको टिप्पणी समेत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७