पाकिस्तानको कराची प्रहरी मुख्यालयमा आक्रमण


२०७९ फाल्गुण ६ शनिबार ११:१२ बजे

काठमाडौं । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा गए राति आक्रमण भएको छ । ६-७ जनाको संख्यामा रहेका आक्रमणकारी समूहले प्रहरी मुख्यालयमा प्रवेश गरी गोली चलाएका हुन् ।

घटनापछि केन्द्र सरकार सिन्ध सरकारसँग निरन्तर सम्पर्कमा रहेको र सबै प्रकारको सहयोग गर्न तयार रहेको पाकिस्तानको गृह मन्त्रालयले जनाएको छ । सहरका अरु क्षेत्रबाट प्रहरी प्रधान कार्यालय कराचीमा थप सुरक्षाकर्मी पठाइएको छ । सुरक्षा सतर्कता बढाइएको बीबीसी हिन्दीमा उल्लेख छ ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले ट्विट गरी आक्रमणको जानकारी दिएका हुन् । साथै उनले कराची प्रहरी मुख्यालयमा भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन् । यो आक्रमणको जिम्मा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले लिएको बीबीसी हिन्दीले जनाएको छ । घटनाबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७