एमालेले नेतृत्व सम्हाल्न जापानबाट गाउँ फर्काउँदै


३ कार्तिक २०७४, शुक्रबार

टोकियो(जापान):  परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा (एमाले)ले गाउँ फर्काएको छ । वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो ।

Logo of CPN UML

फिर्ता हुनेमा डा सूर्य पाठक (बाग्लुङ) र राजकुमार पण्डित (नुवाकोट) र पर्वतका महेन्द्र श्रेष्ठ रहेका छन् । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिफारिश भएपछि पाठक नेपाल फर्किसकेका छन्  भने पण्डित फर्कने तयारीमा छन् ।

पाठक २००३ र पण्डित २००६ मा अध्ययनका लागि जापान आएर कामदार प्रवेशाज्ञामा परिवर्तन गरी काम गर्दै आउनुभएको थियो । गाउँको विकासका लागि विदेशमा रहेका युवालाई फर्काउने उद्देश्यले आफूहरुलाई पार्टीले सिफारिश गरेको उहाँहरुको भनाइ छ । पण्डितले गाउ“ फर्केपछि राजनीति र सामाजिक काममा होमिने बताएका छन् ।

प्रवासी नेपाली मञ्च जापानका पूर्वअध्यक्ष पाठक जिल्ला कमिटी बाग्लुङको क्षेत्र नम्बर ४ बाट प्रदेशसभामा सिफारिश भएपछि दुई साताअघि कार्यक्षेत्रमा पुगिसकेका छन् । त्यस्तै, मञ्चका पूर्वउपाध्यक्ष पण्डित जिल्ला कमिटी नुवाकोटको क्षेत्र नं १ बाट सिफारिश भएर अर्को साता गाउँ फर्किने तयारीमा छन्।

पाठकले फर्कनुअघि विदेशमा बस्दा हासिल गरेको सीप र कलालाई स्वदेशमा सदुपयोग गर्ने बताएको थियो । फर्किनुअघि जापानको बसाइँ अवसर भएको भन्दै अबको बा“की समय पार्टीलाई खर्चिने उनले बताएको थियो ।

त्यस्तै, पण्डितले यहाँको सीप गाउँमा प्रयोगमा ल्याउने प्रयास गर्ने बताए । उहाँ विसं २०५४ मा शिखरबेँसी गाविस अध्यक्ष भएको थियो । गाउँ फर्कनेमा मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ पनि हुनुहुन्छ । श्रेष्ठ पनि जापानबाट गाउँ फर्किसकेका छन्  । स्थानीय निर्वाचनमा पर्वतबाट विजयी भएपछि श्रेष्ठले उपाध्यक्ष बाबुराम भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७