१०८ औँ लक्ष्मीजयन्ती मनाउदै पुन्यप्रसादको सम्झना गरे
बेलबारी(मोरङ) : बेलबारी साहित्य विकासको आयोजनामा बेलबारी नगरपालिकाको वाड नं. ३ स्थित पुन्य चौकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा १०८ औँ लक्ष्मीजयन्ती कार्यक्रम सम्पन्न भएको छ ।
स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङले कार्यक्रममा शुभकामना दिनुको साथै महाकवि देवकोटाले मात्र विश्व साहित्यमा नेपाली साहित्यको स्थान निर्माण गर्न सम्भव भएको चर्चा सँगै वरिष्ठ साहित्यकार तथा गीतकार स्व.पुन्यप्रसाद सुवेदीको विसिष्ठ लेखनको प्रसांसा गर्नुको साथै सुबेदीले लेखेका कृतिहरू खोज्नु पर्ने र अध्यायनबाट नयाँ पुस्ताले सिक्नु पर्ने बताए ।
यस्तै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले बेलबारीमा साहित्य क्षेत्र विकासको लागि नगरपालिकाले प्रत्येक साहित्यको विधाको विकासको लागि नै आवश्यता अनुरूप सहयोग गर्ने बताएका छन् । विशिष्ठ अतिथि तथा उपमेयर ढाका पराजुलीले पनि आफ्नो रचना प्रस्तुत गरेका थिए ।
१०८ औँ लक्ष्मीजयन्ती कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा र बरिष्ट साहित्यकार स्व.पुण्यप्रसाद सुबेदीको बारेमा चर्चा गर्नुको साथै साहित्य कर्मीहरुले आफ्नो रचना प्रस्तुत गरेका थिए ।
धनजित पराजुली, मिलन राई, हस्त थापा, केसु बिरही, भीम राई, ईरान राई, बादल राई, गणेश लामा, नारायण राई आदिले आफ्नो रचना प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन तिला लेकाली गरेका थिए भने बेलबारी साहित्य विकासका अध्यक्ष रेखा सुबेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।