तराईका जीवजन्तु पहाड उक्लनु खतराको घण्टी


९ फाल्गुन २०७९, मंगलवार
janawar

काठमाडौँ । जलवायु परिवर्तनका कारण पशुपंक्षी तथा कीरा फट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्को तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ । कतिपय कीरा फट्याङ्ग्रा यात्रु ओहोरदोहोर गर्दा सुटकेसबाट अर्को ठाउँ जाने गरेका छन् तर मानिसका कारण वा आफै पनि पशुपंक्षी स्थानान्तरण हुने गरेका छन् । सुरक्षाका लागि वा जलवायु परिवर्तनका कारण पशुपंक्षीले बसाइँ सर्ने गरेका छन् ।

मेरिकाका बडेमानका साङ्ला यात्रुका सुटकेसबाट नेपाल भित्रिएका हुन् । जीवशास्त्री डा मुकेश चालिसेले नेपालमा पाइएका ठूला साङ्ला यात्रुका ‘लगेज’ का माध्यमबाट अमेरिकाबाट नेपाल भित्रिएको दाबी गर्दै भने, ‘एकसिङ्गे दुर्लभ गैँडा जस्तै मध्यपहाडमा पाइने पहँरे बाँदर तराईमा देखिन थालेको छ । यसबारे सम्बन्धित निकायले थप अध्ययन अनुसन्धान गर्नु आवश्यक छ ।’ वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठले मध्यपहाडी क्षेत्रमा पाइने जनावर तराईमा र तराईमा पाइने जनावर हिमाली क्षेत्रमा उक्लिनुका पछाडि जङ्गली कोरिडोरको विकास प्रमुख कारण रहेको बताए ।

‘ठूला जीवजन्तु बाह्रै महिना एक ठाउँबाट अर्कोमा स्थानान्तरण हुने भए पनि साना जीवजन्तुचाहिँ मौसम अनुकूल स्थायी बसाइँ सर्ने गरेका छन्’, उनले भने, ‘उपत्यकाका थानकोट, साँगा भन्ज्याङ, फर्पिङ र नागार्जुन उष्ण क्षेत्र हुन् । शीतोष्ण तराईमा पाउने सिमल उपत्यका आसपास पाउन थालिनु मौसममा आएको परिवर्तन नै प्रमुख कारक हो ।’

जीवशास्त्री डा. चालिसेले उपत्यकाका मुख्य सहरी चोकमा कहिलेकाहीँ चितुवा देखिनुले जङ्गलमा खानाको अभाव रहेको पुष्टि गर्ने गरेको बताए । अवैज्ञानिक रूपमा डाँडा हरियो बनाउन रोपिएका सल्लाले निरन्तर जङ्गल र जनावरलाई मानवसँग द्वन्द्व बढाएको नको गुनासो छ । उनले सल्लाको जङ्गलमा मृग, खरायो र चितुवा बस्न नसक्ने भएकाले वन्यजन्तु मानव बस्तीमा छिर्न थालेको बताए ।

डिभिजन वन कार्यालय काठमाडौँका डिभिजनल वन अधिकृत बद्री कार्कीले तराईमा पाउने जनावर पहाड र हिमालसम्म चढ्न थाल्नु भनेको जलवायु परिवर्तन तथा उनीहरू बासस्थानको खोजीमा लागेका कारणले हुनसक्ने बताए ।

मध्यपहाडी जिल्लाको महाभारत क्षेत्रको जङ्गलमा तराईका जिल्लामा पाइने जङ्गली जनावर बढ्दो रूपमा देखा पर्न थालेको छ । केही वर्ष पहिलेसम्म तराईका जङ्गलमा मात्र पाइने बँदेल, दुम्सी, घोरल र हरिण जस्ता जनावर बसाइँ सर्दै आएको विज्ञको भनाइ छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७