नेपालले ओलीको प्रस्ताव स्वीकार गर्लान् ?


१० फाल्गुन २०७९, बुधबार
PM KP Sharma Oli Madhav Kumar Nepal
फाइल फोटो

काठमाडौं । ‘एक दिन बुढो बाघले एक महिलालाई झम्टिएर मारेछ । महिलालाई खाइहाल्यो । तर तिनले लगाएको सुनको बाला बच्यो । त्यसपछि बाघले हिँड्ने बटुवालाई बाला देखाउँदै मलाई के काम यो बालाको भन्दै बोलाउँदो रहेछ । र, बाला हातैमा दिने भन्दै बाला लिन आएकालाई झ्याम्पै पारेर खाँदो रहेछ । साथीहरू बाला देखेर नलोभियौं ।’

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत माघ २२ गते प्रतिनिधि सभा बैठकमा उक्त नीतिकथा सुनाउँदै नेपाली कांग्रेसलाई हिँड्न नसक्ने बुढो बाघ र माओवादी केन्द्रलाई लोभमा फसेको बटुवासँग तुलना गरेका थिए । ओलीले एमालेको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुअघि पुस १० गते भएको समझदारीमा कायम रहन माओवादीलाई आग्रह गरेका थिए ।

निर्वाचनमा गठबन्धन गरेर लडेको कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री छाड्न नमानेपछि उनी एमालेसँग सहकार्य गर्न पुगेका थिए । एमालेको समर्थनमा प्रधानमन्त्री भएपछि दाहाल राष्ट्रपतिसहितका सबै पद उसैलाई छाड्दा कुनै पनि बेला धोका हुनसक्ने निष्कर्षमा पुगे ।

प्रधानमन्त्रीमा कांग्रेसबाट पनि विश्वासको मत पाएपछि दाहाल चुनावअघिको गठबन्धनप्रति लचिलो देखिएका छन् । त्यसैले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका दाहालले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आश्वासन दिइसकेका छन् ।
माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने छनक पाएपछि ओलीले कांग्रेसलाई व्यंग्य गर्दै प्रतिनिधि सभा बैठकमा सुनाएको बाघ र बालाको नीतिकथा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालमा प्रयोग गर्न खोजेका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७