पश्चिमी प्रतिबन्धका बाबजुद रुसी अर्थतन्त्र बलिलो : राष्ट्रपति पुटिन


१० फाल्गुन २०७९, बुधबार
Putin

मस्को । रुसको अर्थतन्त्र पश्चिमा देशहरूको प्रतिबन्धका बाबजुद पनि बलियो रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले पश्चिमा देशहरूले सोचेभन्दा रुसको अर्थतन्त्र निकै बलियो बनेको उल्लेख गरेका छन् ।

‘हामीले आर्थिक अवस्थाको स्थायित्व सुनिश्चित गरेका छौँ, नागरिकको सुरक्षा गरेका छौँ, रोजगारी बचाएका छौँ, अत्यावश्यक वस्तुलगायत बजारको अभाव हुनबाट जोगाएको छौँ, वित्तीय प्रणाली र उद्यमीलाई सहयोग गरेका छौँ,’ राष्ट्रपति पुटिनले संघीय सभालाई आफ्नो वार्षिक सम्बोधन गर्ने क्रममा मंगलबार सो धारणा राखेका हुन् ।

उनले भने, ‘पछिल्लो तथ्याङ्कले रूसको जीडीपी सन् २०२२ मा २.१ प्रतिशतले घटेको छ ।’ यद्यपि गत वर्षको सुरुमा पश्चिमी विश्लेषकहरूले २०–२५ प्रतिशतको आर्थिक मन्दी बढ्ने बताए पनि त्यसो नभएको पुटिनको दाबी छ ।

रुसको अन्तरराष्ट्रिय बस्तीमा रुबलको अंश सन् २०२१ डिसेम्बरको तुलनामा दोब्बर भएको छ । राष्ट्रपति पुटिनले मस्कोले अमेरिकी डलर र अन्य पश्चिमी मुद्राहरूबाट स्वतन्त्र, स्थिर एवं सुरक्षित विश्वव्यापी भुक्तानी प्रणाली बनाउन साझेदारहरूसँग काम गरिरहने बताएका छन् ।

‘प्रतिबन्धको सुरुआत गर्नेहरूले आफैंलाई सजाय दिइरहेका छन् । उनीहरूले आफ्नै देशहरूमा मुद्रास्फीति, रोजगारी गुमाएका छन् । उद्योगहरू बन्द भई ऊर्जा संकट निम्त्याइ रहेका छन् । तर उनीहरूले आफ्ना सबै कमजोरीको कारण रुसलाई थोपर्ने गरेका छन्,’ पुटिनको टिप्पणी छ । सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७