लघुवित्तहरुको समस्या समाधान गर्न गम्भिर बनेर लागेका छौं : अर्थमन्त्री पौडेल


१० फाल्गुन २०७९, बुधबार
Bishnu Poudel 3

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठक पश्चात संसद भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले लघुवित्तमा देखिएका समस्या समाधानको लागि सरोकारवालाहरुसँग छलफल भइरहेको जानकारी दिए ।

उनले विभिन्न चरणमा बैठक बसेर केही महत्वपूर्ण निर्णयहरु समेत भइसकेको दाबी गरे । अर्थमन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले ऋणीहरु प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायले काम थालनी गरेको बताए ।

सरकारका नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रम कार्यान्वयनको लागि मन्त्रालयगत आधारमा कार्ययोजना अगाडि बढाइएको उनले बताए । अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिको समाधान गर्न सरकार केन्द्रित भइरहेको मन्त्री पौडेलको दाबी छ । सरकार निजी क्षेत्रका सरोकार र समस्याहरुलाई समाधान गर्ने दिशामा केन्द्रित रहेको भन्दै अर्थमन्त्री पौडेलले राजश्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग परिचालन र पुँजीगत खर्च बढाउनेतर्फ आफू गम्भीर भएर लाग्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७