माओवादी र जसपा नेताहरू वार्तामा


२०७९ फाल्गुण ११ बिहीबार ११:२० बजे

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूबीच बैठक जारी छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दुवै दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

माओवादीबाट प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र हितराज पाण्डे तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी बैठकमा राष्ट्रपतिको विषयमा छलफल भइरहेको बताइएको छ ।

यसअघि बिहीबार नै माओवादी र एकीकृत समाजवादीका नेताहरुबीचा भेट भइसकेको छ । बिहीबार नै माओवादी, जसपा र एकीकृत समाजवादीबीच अर्को छलफल तय भएको नेताहरुले बताएका छन् । साँझ ६ बजे माओवादी, जसपा, एकीकृत समाजवादीले कांग्रेससँग छलफल गर्नेछन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७