राष्ट्रिय सहमति गर्न कांग्रेसलाई राष्ट्रपति र एसलाई उपराष्ट्रपति दिऔं : मन्त्री किराँती


२०७९ फाल्गुण ११ बिहीबार ०७:४६ बजे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रपति नेपाली कांग्रेसबाट बन्नु पर्ने बताएका छन् । आज (बिहीबार) गृह जिल्ला भोजपुरका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री किराँतीले प्रधानमन्त्रीले भनिरहेको राष्ट्रिय सहमति गर्ने भए कांग्रेसले राष्ट्रपति पाउनु पर्ने बताए ।

उनले उपराष्ट्रपति भने नेकपा (एकीकृत समाजवादी) ले पाउनु पर्ने बताएका छन । ‘जनताको म्यान्डेट अनुसार वर्तमान राजनीति राष्ट्रिय सहमतिमा अघि बढ्नु पर्छ भन्ने छ’, उनले भने, ‘राष्ट्रपति निर्वाचन राष्ट्रिय सहमतिमा हुनुपर्छ र अहिले कांग्रेसलाई राष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुन्छ भन्ने हाम्रो बुझाइ छ ।’

नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका उनले माओवादीले प्रधानमन्त्री, एमालेले सभामुख, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख लिइसकेकाले अब कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीले उपराष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने बताए ।
उनले राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, जनताको स्थिति, निर्वाचनबाट प्राप्त जनादेशले र संविधानको भावना राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक भएको हुनाले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बन्नुपर्ने धारणा राखेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७