माधव नेपालको शर्त : नेकपा व्यूँताऔं, राष्ट्रपतिमा उठ्न तयार छु


२०७९ फाल्गुण ११ बिहीबार ०७:३१ बजे

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

राष्ट्रपतिमा माधव नेपालको नाम एमालेले नै अघि सारेको चर्चा भइरहेका बेला पोखरेल र नेपालबीच भेटवार्ता भएको हो । उनीहरूबीचको भेटमा राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भएको बताइएको छ । अध्यक्ष नेपालले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा कम्युनिष्ट घटक मिल्नका लागि खारेजीमा परेको नेकपा ब्युँताउनु पर्ने प्रस्ताव अघि सारेका छन् ।

अध्यक्ष नेपाल निकट स्रोतका अनुसार पोखरेलसँग बिहीबार काठमाडौंमा भएको वार्ताका क्रममा उक्त प्रस्ताव अघि सारिएको हो । ‘यदि म राष्ट्रपतिमा अघि सर्नुपर्ने हो भने २०७७ फागुन २३ मा खारेज भएको नेकपा ब्युँताउन तयार हुनुपर्छ’, पोखरेलसँगको वार्ताका क्रममा नेपालको भनाइ उद्धृत गर्दै नेपाल निकट स्रोतले भन्यो, ‘केपी कमरेड नेकपा ब्युँताउन तयार भएको अवस्थामा म राष्ट्रपतिमा अघि सर्न तयार छु ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७