माओवादी, समाजवादी र जसपाको बैठक शुरु


२०७९ फाल्गुण ११ बिहीबार ०८:१० बजे

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक सिंहदरवारमा चलिरहेको छ ।

माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरू जनार्दन शर्मा, शक्ति बस्नेत, एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधव नेपाल, प्रमेश हमाल, वेदुराम भुसाल र जनता समाजवादीबाट र उपन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

मन्त्रिपरिषद् बैठकअघि माओवादी केन्द्र र जसपाका नेताहरूबीच बैठक भएको थियो । बैठक माओवादी संसदीय दलको कार्यालयमा बसेको थियो । प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि जसपा अध्यक्ष यादवले उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक रहेको बताएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७