केपी ओली कप : पुलिसलाई हराउँदै सातदोबाटो युथ क्लब सेमिफाइनलमा


११ फाल्गुन २०७९, बिहीबार
KP Oli1677154147

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीपमा सातदोबाटो युथ क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सातदोबाटो अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

सातदोबाटोका लागि दीपकराज सिंह ठकुरीले दुई गोल गरे भने पुलिसका लागि प्रविन थापाले सान्त्वना गोल गरे । सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम एनआरटीबीचको विजेतासँग खेल्ने छ ।

उक्त खेल शुक्रबार हुनेछ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले उपाधिसहित रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७