संयुक्त राष्ट्रसंघ सम्मेलन समितिको सभापतिमा नेपाल निर्वाचित


११ बैशाख २०७५, मंगलवार
United Nations

काठमाडौं, ११ बैसाख । संयुक्त राष्ट्र संघीय महासभा अन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । राष्ट्रसंघमा सोमबार भएको ध्वनी मतका आधारमा नेपाल यो वर्ष अर्थात् सन् २०१८ का लागि निर्वा्चित भएको न्यूयोर्क्स्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले जनाएको छ । United Nations

यसअघि एशिया प्रसान्त क्षेत्रका छ वटा मुलुकबाट आगामी दुई वर्षका लागि नेपाल महासभाको अध्यक्षमा नियुक्त भएको थियो । उक्त समितिमा धेरै पटक सदस्यका रुपमा सेवा गरेको नेपाल पहिलो पटक अध्यक्षका रुपमा निर्वाचित हुनु नेपालको प्रतिष्ठा अभिवृद्धि भएको जनाउँदै उक्त नियोगले मंगलबार जारी गरेको विज्ञप्तिमा बहुपक्षीय मञ्चमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्न पाउनुलाई सुनौलो अवसरका रुपमा लिइएको उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७