राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै


२०७९ फाल्गुण १२ शुक्रबार ०७:०६ बजे

काठमाडौँ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दै छ । आसन्न राष्ट्रपति निर्वाचनसहितका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो ।

आज पार्टी कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजे बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । राप्रपाले राष्ट्रपति निर्वाचनमा कुन दललाई सहयोग गर्ने भन्ने निर्णय गरिसकेको छैन । पार्टीमा राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने आवाज पनि उठिरहेको छ । यस विषयमा पनि आजको बैठकले ठोस निर्णय लिनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७