१५ वर्षीया किशोरी बलात्कृत


२०७९ फाल्गुण १२ शुक्रबार ०७:४० बजे

झापा । झापामा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका–८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७