संविधानको रक्षाका लागि कांग्रेसको राष्ट्रपति हुनुपर्छ : डा. महत


२०७९ फाल्गुण १२ शुक्रबार ०७:१० बजे

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुले विगतदेखि नै राष्ट्रपति आफ्नो दलकातर्फबाट हुनुपर्ने धारणा राख्दै आएको बताए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अघिल्लो गठबन्धनमा सहभागी रहेको र लामो समयदेखि आफूहरुसँग सहकार्यमा रहेका आधारमा एकीकृत समाजवादी र अध्यक्ष नेपाल राष्ट्रपतिका लागि योग्य हुनुहुन्छ ।’

उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सकारात्मक छलफल भएको र साँझ पुनः बैठक बस्ने जानकारी दिए । राष्ट्रपतिका लागि शनिबार मनोनय गर्ने कार्यतालिका छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७