एमाले र माओवादीले केन्द्र र प्रदेशको बाँडफाँट टुंगायो (सूचीसहित)


३ कार्तिक २०७४, शुक्रबार
Bam talmel sanghiya samsad 1 1

काठमाडौँ : असोज १७ गते बाम तालमेलको घोषणा गरेको एमाले र माओवादीले केन्द्र प्रदेशसभाका सिटको बाँडफाँट टुंगो लगाएका छन् एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका हुन् ।

KP oli and Prachand 3

पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।  अत्यन्तै विवाद रहेकाे  सिन्धुपाल्चोक १ माओवादीले लिएको छ भने २ एमालेको भागमा परेको छ । गोरखाको दुवै क्षेत्रसँगै रामेछाप माओवादीले लिँदा धादिङको दुवै क्षेत्र एमालेले लिएको छ । नुवाकोट १ माओवादी र २ एमालेको भागमा परेको छ भने बाग्लुङ १ एमाले र २ माओवादीले लिएको छ । यस्तै भाेजपुर माअाेवादीमा र संखुवासभा एमाले  लिएकाे छ ।

Bam talmel sanghiya samsad 1 1

प्रदेश सभामा ५५/४५
प्रदेश सभाको पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको ७४ सिटमा ४१ सिट एमाले र ३३ माओवादीले लिने सहमति भएको हो ।  चुनावी तालमेलमा ६०÷४० भागबण्डा भनिएपनि पहिलो चरणको चुनावमा प्रदेशसभामा एमालेले करिब ५५ प्रतिशत र माओवादीले भण्डै ४५ प्रतिशत भाग पाएको छ ।

एमालेले प्रदेशसभामा भोजपुर, सोलुखुम्बु, रामेछाप, लमजुङ, मनाङ, मुस्ताङ जाजरकोट र बाजुराका सबै सिटहरु आफ्नो भागमा पारेको छ ।

त्यसै गरी माओवादीले प्रदेशसभातर्फ रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, गोरखा–२ र हुम्लाका सबै सिट आफ्नो भागमा पारेको छ । बाँकी चुनाव क्षेत्रका प्रदेशसभाहरुमा दुवै दलले लगभग बराबरी भागवण्डा गरेका छन् ।

यस्ताे छ प्रदेशकाे बाँडफाँट

Bam talmel Pradesh Final

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७