उपेन्द्र यादवको दावी : प्रदेश सरकार अब झनै बलियो हुन्छ


१३ फाल्गुन २०७९, शनिबार
upendra yadav 1

जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै बलियो र सशक्त हुने दाबी गरेका छन् । आज (शनिबार) जनकपुर पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमतिअनुसार नै अब अघि बढ्ने स्पष्ट पारे । प्रदेश सरकार आगामी दिनमा स्रोत, साधन र अधिकार सम्पन्न हुने तथा कर्मचारी एवं प्रहरी प्रशासन प्रदेश सरकारले नै परिचालन गर्ने गरी अघि बढ्ने उनले उल्लेख गरे ।

‘कांग्रेसले राष्ट्रपति र हामीले उपराष्ट्रपति पाउने सहमति भएको छ । प्रदेश सरकार आउने दिनमा झनै बलियो हुन्छ । स्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासन प्रदेश सरकारले नै परिचालन गर्ने गरी अघि बढ्छ,’ यादवले भने । नयाँ सत्ता गठबन्धनले मधेस प्रदेशमा कुनै समस्या नआउने उनको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७