फिल्टर वितरण

सहयोगी हातहरुको समूह (सहास) नेपाल पाइला परियोजनाले जाजरकोटको शिवालय गाउँपालिका– १, २, ३, ४, ५, ६ र ८ स्थित १४ वटा समूहका अति विपन्न, आर्थिक रुपमा पछि परेका ३२५ घरधुरीलाई शुद्ध पानी पिउनका लागि कोलाइडल सिल्भर फिल्टर वितरण गर्दै । अधिकांश नेपालमा फिल्टर नगरी पानी पिउने चलन छ । जसका कारण विभिन्न पानीजन्य रोगहरु लाग्ने गरेको छ । नेपालमा अशुद्धका पानीका कारण धेरै रोगहरु लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । तस्वीर : हेमन्त केसी / रासस