बार्सिलोना अल्मेरियासँग पराजित


१५ फाल्गुन २०७९, सोमबार
barca SbOYgrGO4R

काठमाडौँ । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना घरेलु टोली अल्मेरियासँग स्तब्ध भएको छ । आइतबार राति बार्सिलोनाको अल्मेरियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना १–० ले पराजित भयो ।

पहिलो हाफको २४ औँ मिनेटमा इएल विलाल टोउरेको निर्णायक गोलमा अल्मेरियाले शीर्ष स्थानको बार्सिलोनालाई पराजित गरेको हो । हारसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दूरी १० मा पुर्‍याउने सुन्दर मौका गुमायो । शीर्षस्थानको बार्सिलोनाको २३ खेलबाट ५९ अंक छ ।

उताा अल्मेरियाले भने रेलिगेसनबाट बच्ने आशालाई मजबुत बनाएको छ । समान खेलबाट २५ अंक जोडेको अल्मेरिया १५औं स्थानमा छ । गए राति नै भएको अर्को खेलमा जिरोनाले एथलेटिको बिल्वाओलाई तथा ओसासुनाले सेभिलालाई समान ३–२ ले र सेल्टा भिगोले रियल भल्लाडोलिडलाई ३–० गोल अन्तरले हराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७