स्पेस एक्स रकेटको इञ्जिनमा समस्या, अन्तिम समयमा प्रक्षेपण स्थगित


१६ फाल्गुन २०७९, मंगलवार
raket

काठमाडौं । नासाले अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा चार जना अन्तरीक्ष यात्री लिएर जान लागेको स्पेस एक्स रकेटको प्रक्षेपण अन्तिम समयमा रद्द गरेको छ ।

प्राविधिक समस्या देखाउँदै नासाले प्रक्षेपण रोकेको हो । क्यानेडी स्पेस सेन्टरबाट रकेट प्रक्षेपण गर्नु दुई मिनेट अघि इञ्जिनमा समस्या आएका कारण प्रक्षेपण रद्द गरिएको नासाले जनाएको छ ।

समस्या देखिएको इञ्जिनको मर्मत लगत्तै मौसमले साथ दिए मंगलबार उक्त रकेट प्रक्षेपण गर्ने पनि नासाले जनाएको छ । स्पेस एक्सको फाल्कन रकेटमा नासाका दुई जना अन्तरीक्ष यात्री, एक रुसी अन्तरीक्ष यात्री र एक जना संयुक्त अरब इमिरेट्सका यात्री जाने तयारीमा थिए । त्यस्तै, रकेटबाट सबै इन्धन ननिकाल्दासम्म अन्तरीक्ष यात्री रकेटभित्रै रहने भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७