अमेरिकाले ९ हजार नेपाली देश निकाला गर्ने


१२ बैशाख २०७५, बुधबार
america

काठमाडौं १२ वैशाख: अमेरिकी सरकारले अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् ‘टीपीएस’ बाट करिब ९ हजार नेपालीलाई नेपाल फर्काउने तयारी गरेको छ । टीपीएसमा आबद्ध रहेको नेपालीलाई टीपीएस खारेज गरी नेपाल फर्काउने तयारी गरेको हो ।

america

अमेरिकाले २०७२ मा नेपालमा गएको विनाशकारी भूकम्पको कारण देखाउँदै अमेरिकी सरकारले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरूलाई टीपीएस सुविधा दिएको थियो । अहिले त्यही सुविधा दिएको नेपालीलाई घर फर्काउन लागेको हो । नेपालमा गएको भूकम्पमा परी ज्यान गुमाएका नेपालीहरूले आफ्नो परिवार भेटघाटको लागि नेपाल आउन सजिलो होस् भनी टीपीएस सुविधा ल्याएका थिए । सो स्किमअन्तर्गत झन्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भए पनि अहिले झन्डै ९ हजार मात्रै अमेरिकामा रहेको विभागको तथ्याङ्क छ । टीपीएस सुविधा पाएका सबै नेपालीलाई स्वादेश फर्काउने तयारी गरेको हो ।

अमेरिकाले नेपालीलाई टीपीएस सुविधा दिएको समय जुन महिनामा सकिँदै छ । समय समाप्त हुनुभन्दा ६० दिन पहिले निर्णय गरिसक्नुपर्ने प्रावधान रहेको हुँदा केही दिनमै विभागले नेपालीको टीपीएस खारेज निर्णय सार्वजनिक गर्न सक्ने छ ।

अवैधानिकरुपमा अमेरिका बसोबास गरिरहेका विदेशीलाई स्वदेश फर्काउने ट्रम्प प्रशासनको अभियानको पछिल्लो मारमा नेपालीहरू परेका छन् । ट्रम्प प्रशासनका हार्डलाइनरहरुले पहिलेदेखि नै टीपीएस सुविधा खारेजीमा जोड गरिरहेका थिए । टीपीएस सुविधा लामो समयका लागि दिन नसकिने र यसको प्रयोजन त्यस्तो नभएको उनीहरूको भनाइ छ ।

ट्रम्प प्रशासनले हालै साल्भाडोरका दुई लाख, हैटीका ५० हजार नागरिकको रेसिडेन्सी परमिट खारेज गरेको थियो । यस्तै सानो सङ्ख्यामा निकारागुवा र सुडानका नागरिकको बसोबास सुविधा पनि खारेज गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७