लिग-२ : यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य


१८ फाल्गुन २०७९, बिहीबार
lig

यूएई । रोहन मुस्ताफाको अविजित अर्धशतक प्रेरित यूएईले आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलामा नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले आठ विकेट गुमाएर दुई सय सात रनको योगफल तयार ग¥यो । यूएईका लागि आसिफ खानले ९९ बलमा पाँच चौका र तीन छक्काहित ७२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, पाँचौं नम्बरमा क्रिजमा उत्रिएका रोहन मुस्ताफाले ७ बलमा दुई चौकासहित ५१ रनको अविजित इनिङ खेले ।

मुस्ताफासँग ५८ रनको साझोदारी गरेका आर्यन लाक्राले ३६ बलमा २८ रन बनाएक । यस्तै, कप्तान सिपी रिजवान २२ तथा वृत्य अरविन्द १८ रन बनाएर पेभेलियन फर्किँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि १० ओभरमा २७ रन खर्चिएका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए ।

कुशल मल्लले पाँच ओभरमा १७ रन खर्चिएर एक विकेट लिए । आरिफ शेखले ९ ओभरमा ३३ रन खर्चिएर एक विकेट लिएका थिए । दीपेन्द्रसिंह ऐरी १० ओभरमा ३५ रन खर्चिएर एक मेडन मात्रै राख्न सके । करण केसीले सात ओभरमा ४० रन खर्चिएर एक मेडनसहित एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७