रियलमाथि बार्सिलोनालाई अग्रता, फाइनल प्रवेशको सम्भावना


१९ फाल्गुन २०७९, शुक्रबार
Barcelona 4QzjgXcP1u

काठमाडौं । बार्सिलोनाले लगातारको हार क्रममा पूर्णविराम लगाउँदै बिहीबार कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडलाई १–० ले हराएको छ । बर्नाबाउमा भएको खेलमा एडेर मिलिटाओले रियलका तर्फबाट आत्मघाती गोल गरे ।

युरोपा लिगमा म्यानचेस्टर युनाइटेड र स्पेनी ला लिगाामा आल्मेरियाविरुद्धको खेल गुमाएको बार्सिलोनाका लागि रियलमाथि प्राप्त अहिलेको भाग्यमानी जित ठूलो राहतका रूपमा प्राप्त भएको छ ।

अब दोस्रो लेगको सेमिफाइनल अप्रिल ५ मा नु क्याम्पमा हुनेछ र त्यसमा ज्याभीले एक गोलको अग्रता रक्षा गर्ने प्रयास गर्नेछ । बार्सिलोना र रियल नै स्पेनी ला लिगाको शीर्ष दुई स्थानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७