कोशी प्रदेश नामकरण विरुद्ध काठमाडौैंको सडकमा प्रदर्शन


२० फाल्गुन २०७९, शनिबार
koshi pradesh 7

काठमाडौं : कोशी प्रदेशको नामाकरणको विरोधमा काठमाडौंको सडकमा पनि प्रर्दशन भएको छ । शुक्रबार माइतीघर मण्डलामा कोशी नाम खारेजको माग गर्दे किरात राई यायोख्खाले विरोध प्रदर्शन गरेको हो ।

कोशी प्रदेश नामाकरण विरुद्ध प्रदेशको अधिकांश जिल्लामा दिनँहु सडकमा प्रदर्शन भइरहेको छ ।

यायोक्खाको प्रदेशको नाम ऐतिहासिक पृष्ठभूमिको आधारमा त्यहाँको मानव भूगोलको सभ्यता, इतिहास, भाषा संस्कृतिको पहिचान सम्बोधन गर्ने गरि किरात प्रदेश नाम राख्नुपर्ने माग रहेको छ ।

फागुन १७ कालो दिन, कोशी प्रदेश मुर्दावाद, किरात प्रदेश जिन्दावाद लगायत प्लाकार्डसहित उनीहरूले प्रर्दशनमा उत्रिएका हुन् ।

koshi pradesh 6
koshi pradesh 5
koshi pradesh 4
koshi pradesh 3
koshi pradesh 1
koshi pradesh 2

तस्बिर : सराेज चाम्लिङ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७