चौबीस घण्टा पनि टिकेन कालोपत्रे


२० फाल्गुन २०७९, शनिबार
kalopatre tkp1 laZi7A1Iww
सांकेतिक तस्वीर

नेपालगञ्ज । बाँकेमा निर्माण भइरहेको हुलाकी सडकमा असफाल्ट प्रविधिबाट सुरु गरिएको कालोपत्रे चौबीस घण्टा नबित्दै भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

कुल ६८ करोड सात लाख ६६ हजार रुपियाँमा निर्माण थालिएको जिल्लाको राप्तीसोनारी–३, नारायणपुर चोकदेखि वडा नम्बर ६, कुण्डा चोकसम्मको २१ किलोमिटर हुलाकी राजमार्ग कालोपत्रे गरेको २४ घण्टा नबित्दै भत्किएको हो ।

कालोपत्रे सुरु गरेको भोलिपल्टै पक्की राजमार्ग भत्किएपछि स्थानीय बासिन्दाले सोको विरोध गर्दै निर्माण कम्पनी र सरकारी पक्षलाई सचेत गराएका थिए । सो सडक कालोपत्रे गर्दा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएकाले एक दिनमै कालोपत्रे भत्किएर ठाउँठाउँमा खाल्टाखुल्टी देखिएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले छानबिन सुरु गरेको हो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७