शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

अपाङ्गता भएका र ज्येष्ठ नागरिकले निःशुल्क खेल हेर्न पाउने


२० फाल्गुन २०७९, शनिबार
sashid footbal dnHsXNLsu0

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) तीन वटा खेल हुँदैछन् । च्यासल मैदानमा हुने खेलमा दिउँसो साढे २ बजे नेपाल पुलिस क्लब र ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । त्यस्तै दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे एपीएफ र थ्री स्टार तथा बेलुका साढे ५ बजे मनाङ र हिमालयन शेर्पाबीच खेल हुनेछ ।

लिगमा नवप्रवेशी एफसी खुमलटारले विजयी सुरुवात गरेको छ । हिजो दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा खुमलटारले फ्रेन्ड्स क्लबलाई १–० गोलले हरायो । ‘ए’ डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउने छन् ।

लिगमा सहभागी १४ क्लबबीच हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । शहीद स्मारक ‘ए’ डिभिजन लिगका सबै खेलहरूमा अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क गरिएको छ ।

खेलहरू सञ्चालन भइरहेका तीन वटै स्टेडियममा अपाङ्गता तथा ज्जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निःशुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको आयोजकको भनाइ छ । अन्य दर्शकहरूका हकमा भने टिकटको व्यवस्था गरिएको छ । सामान्य प्याराफिटतर्फको टिकट मूल्य १०० र भीआईपी प्याराफिटतर्फको ३०० तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७