विश्व पारा तेक्वान्दोमा नेपाललाई दिलाइन् रञ्जनाले काश्य


३ कार्तिक २०७४, शुक्रबार
ranjita dhami 1

काठमाडौं: विश्व पारातेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जना धामीले काश्य पदक जितेकी छन् ।बेलायतको लण्डनस्थित ओलम्पिक पार्कमा बिहीबार भएको खेलमा महिला ४४ देखि ४९ केजीमूनि तौल समूहमा रञ्जनाले पेरुकी खेलाडीलाई २२–२० अंकमा हराउँदै सेमिफाइनलमा पुगेकी थिइन् ।ranjita dhami 1

सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएपनि उनले नेपालका लागि काश्य पदक दिलाएकी थिइन् । रञ्जनालाई सेमिफाइनलमा पराजित गरेकी खेलाडीले फाइनलमा सर्वियाली खेलाडीलाई हराएर स्वर्ण जितेकी छन् । प्रतियोगितामा नेपालका दुई पुरुष र दुई महिला गरी चार खेलाडी सहभागी थिए । जस अन्तर्गत के ४२ बिधामा पुरुष खेलाडीहरु रामबहादुर अधिकारीले ६१ केजीमूनि र रोहित हाङ राई ७५ केजीमूनि तौल समूहमा प्रतिष्पर्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७