वसन्त ऋतुको स्वागतमा ढकमक्क काठमाडौं (तस्बिरहरु)

काठमाडौँ । वसन्त ऋतु अर्थात् वनस्पतिहरूले काँचुली फेर्ने ऋतु । शिशिर र गृष्मबिचको यो ऋतु अन्य ऋतु भन्दा विशेष हुन्छन् । काठमाडौं सहरका सडक र किनारामा सवारी र पैदलयात्रुलाई मोहित पार्दै चेरी फुलिरहेको छ ।

अधिकांश वनस्पतिहरूले पाउला फेर्ने भएकाले यो ऋतु हरियाली त हुन्छ नै ढकमक्क फुलेको फूलहरूले झनै सौन्दर्य बढाउँछ छन् । वसन्त ऋतुको सुरुवात भएसँगै यतिखेर राजधानी पनि परिवर्तन आएको भान हुन्छ ।

सडकको वरिपरि रहेको चेरी र आरु ढकमक्क फुलेर सडकको सौन्दर्यताक थपेको छ । राजधानीका भिकृटिमण्डम, बानेश्वर–बबरमहल, तीनकुने(गैरी गाउँतिर सडक वरिपरि रहेको चेरी र आरु फूलेको दृश्यले कम आनन्द महसुस हुँदैन । सडकमा हिँड्ने यात्रुहरू ती लोभ लाग्दा फूहरुसँग रमाइरहेका हुन्छन् ।

ढकमक्क फूलेको चेरी ब्लसमले शहरमा वसन्त ऋतु भित्रिएको संकेत गरेको छ। यो ऋतु भित्रिएसँगै हरेक जीव र वनस्पतिमा जीवनका लय देखा पर्न थाल्छन्।

यसको मनमोहक सौन्दर्यका कारण पार्कमा घुम्न आउनेको संख्या बढेको छ। मनमोहक दृश्यमा तस्वीर खिच्ने र टिकटक बनाउने युवायुवती पनि उल्लेख्यरूपमा देख्न सकिन्छ।

काठमाडौंका सडकहरुमा यतिबेला विभिन्न प्रजातिका फूलहरु फुलेका छन् । कतिपय व्यक्ति त ती रमाइला क्षणलाई तीनकुने एयरपोर्ट सडक छेउमा फूलेका आरु र चेरीको सुन्दरतामा तस्बिर लिनेहरुकोे कमी छैन । पेटिमा भएको गमलामा फूलेका राता, पहेँला, निला फूलले शहरको मात्रै होइन पदयात्रीलाई समेत आनन्दित बनाएको देखिन्छ ।










