कसैको इच्छा विपरित होली नखेल्न प्रशासनको आग्रह


२१ फाल्गुन २०७९, आईतवार
holi1

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ । होली नजिँकिदै गर्दा प्रशासनले एक सूचना जारी गर्दै होली पर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रंग लोला तथा पानी नछ्याप्न आग्रह गरेको हो ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न पनि प्रशासनको अनुरोध छ ।

हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली यस वर्ष भोलि २२ फागुन पहाडी जिल्लाहरुमा मनाइँदै छ भने २३ फागुनमा तराइ क्षेत्रमा मनाइँदै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७