विप्लवको चेतावनी : माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउन सक्छौं


२१ फाल्गुन २०७९, आईतवार
Biplaw
फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्ध हाँकेका माओवादीहरुलाई हत्यारा ठहर गर्नेहरुलाई ठेगान लगाउन सक्ने चेतावनी दिएका छन् ।

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रज्ञा भवनमा गरेको अन्तरक्रिया कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने, ‘दुई सय वर्षसम्म नेपालीलाई चुसेर अर्बौ सम्पत्ति थुपार्नेहरु अपराधी हुन् कि जनताको अधिकारका लागि लड्नेहरु अपराधी ? हेक्का राखे हुन्छ ।’ उनले अहिले आफूहरुलाई अपराधी बनाउन खोजिने गरी व्याख्या गर्नेहरुलाई जनयुद्धमा भेटेको भए त्यहीँ सिध्याइ दिने पनि उल्लेख गरे ।

‘यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउन खोजिँदैछ । इतिहास फेरि दोहोरिन सक्छ हेक्का राखे हुन्छ’, उनले भने, ‘इतिहास दोहोरिने बेला हुँदैछ । फेरि जनताको आशामा इतिहास दोहोरिन सक्छ । माओवादीहरु एक हुन सक्छन्, फेरि जनक्रान्ति हुन सक्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७