एमालेको लालकिल्ला माओवादीलाई किन दिइयो ?


३ कार्तिक २०७४, शुक्रबार
uml and moist talmel1

भोजपुर : एमालेको लालकिल्लाको रुपमा स्थापित भोजपुरको प्रतिनिधिसभाको सिट माओवादी केन्द्रको भागमा परेको छ । प्रदेशसभामा एमालेलाई समिति बनाएर माओवादी केन्द्रले प्रतिनिधिसभा लिएको हो ।

uml and moist talmel1

यसअघिको संबिधानसभा निर्वाचनमा एमालेले भोजपुरको दुबै स्थानमा विजय प्राप्त गरेको थियो । तत्कालिन पार्टीउपाध्यक्ष अशोक राई नेतृत्वको पार्टीमा एमाले भोजपुरका अधिकांस नेताहरु पार्टी छोडेर जाद समेत एमालेले लालकिल्ला बनाएर छोडेको थियो । तात्कालिन एमाले केन्द्रीय सदस्य अजम्बर राई काङमाङ, पूर्वमन्त्री हेमराज राई, प्रभावशाली जिल्ला नेता रामसिंह राई लगायतका नेताहरु पार्टी छोडेर गएपनि भोजपुरको दुबै स्थानमा एमालेले जितेको थियो । तर, एमाले र माओवादीको गठबन्धनको बाँडफाडमा भने एमालेले लालकिल्ला गुमाएको छ ।

एमालेले एक्लैले भोजपुरको सबै सिट जित्ने दाबी गर्दे आएको थियो । गठबन्धन घोषण अघि एमालेले प्रतिनिधिसभामा केन्द्रीय सदस्यद्धय राजेन्द्र राई र जयन्ती राई मध्ये एक प्रदेशको १ मा केन्द्रीय सदस्य हरि राई र प्रदेशको २ मा पोलिटब्युरो सदस्य शेरधन राईलाई उठाउने तयारी गरेको थियो । केन्द्र र प्रदेश सबै जित्ने उत्साहका साथ कार्यकर्ताहरु उत्साही बनेका थिए । तर, गठबन्धनको कारण एमालेको लालकिल्लाको रुपमा स्थापित भोजपुर एमालेले गुमाएको छ ।

दुबैतिरको नेताको स्वार्थले भोजपुर गुम्यो
एमालेको लालकिल्ला भोजपुर माओवादी केन्द्रको पोल्टामा पर्नुको कारण एमाले र माओवादी केन्द्रका दुबैतिरका नेताहरुको स्वार्थ हो । एमाले र माओवादी केन्द्र गठबन्धनको घोषणा गलत्तै माओवादी सचिवालय सदस्य गोपाल किरातीले ब्रिदोहको धम्की दिएका थिए । किरातीले एमाले पहिचान बिरोधी भएको भन्दै एमालेको तिब्र बिरोध समेत गरेका थिए । उनले पहिचान बिरोधी एमालेलाई भौतिक कारबाही गर्न समेत उर्दी जारी गरेका थिए । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको छलफलपछि किराती चुप लागेका थिए ।

स्रोतका अनुसार नेता किरातीको मुख्य मागहरु मध्ये एक थियो, भोजपुरमा आफू निकटका नेता सुदन किरातीको उम्मेदवारीको ग्यारेन्टी । प्रचण्डले सुदन किराती, हिमाल राई, साबित्री काफ्ले लगायतको टिकट ग्यारेन्टी गरेपछि नेता किराती चुप लागेको स्रोतको दाबी छ । त्यस मध्ये पनि नेता सुदन किराती गोपाल किरातीको सबैभन्दा विश्वास पात्र मानिन्छन् ।

यता यसमा एमाले नेताहरुको पनि स्वार्थ मिसिएको छ । एमाले नेताहरुले आफ्नो लालकिल्ला लिन होइन दिनमा जोड गरेको स्रोतको दाबी छ । माओवादी केन्द्रले भोजपुर लगे एमालेले संखुवासभा पाउने भएपछि एमालेका केही नेताहरुले भोजपुर नै दिन जोड गरेका थिए । संखुवासभा एमालेको कमजोर क्षेत्र हो । यसअघिको निर्वाचनमा कांग्रेसका तारामान गुरुङ र दिपक खड्काले जितेका थिए । दुबै नेता कांग्रेसबाट मन्त्री समेत बनेका थिए । स्रोतका अनुसार एमालेका राजेन्द्र गौतमको टिकट ग्यारेन्टीका लागि एमालेले जित्ने स्थानमा माओवादीलाई दिएर कमजोर संखुवासभामा टिकट लिएको हो ।

भोजपुरमा व्यापक असन्तुष्टी
यो निर्णयसँगै भोजपुर एमालेका कार्यकर्ताहरुमा असन्तुष्टी बढेको छ । पार्टी एक्लैले जित्ने अवस्थामा नेताहरुको स्वार्थले माओवादी केन्द्रलाई बुझाएको भन्दै एमालेमा असन्तुष्टी बढेको हो । भोजपुरमा एमाले र माओवादीबिच लामो समयदेखी तिव्र आपसी संघर्ष छ । एमालेको शक्ति बढदै गएपछि माओवादीको नेता कार्यकर्ताहरुले कांग्रेस लागायत अन्य दलहरुको साहारामा एमालेविरुद्धको अभियान चलाएका थिए । माओवादीको अग्रसरतामा जिल्लामा ७ दलीय मोर्चा नै बनाएर घोषित रुपमा एमाले कार्यकर्तालाई प्रहार गरेका थिए । केही एमाले कार्यकर्तालाई कुटपीट समेत गरेका थिए । माओवादीको गतिविधिको निसाना विरुद्ध एमाले कार्यकर्ता निकै समय फेससेभको अवस्थामा समेत पुगेको थियो ।

यस्तो छ अंक गणित
स्थानीय तह निर्वाचनको क्रममा जिल्लाभरी एमालेले २५ हजार ६ सय ९५, कांग्रेसले २० हजार ५ सय ६१ र माओवादी केन्द्रले १२ हजार ७ सय ६९ मत प्राप्त गरेको थियो । स्थानीय निर्वाचनमा एमालेले ४ , कांग्रेसले ४ र माओवादी केन्द्रले १ स्थानीय तहमा जितेका थिए । प्रमुख बाहेक उपप्रमुख र वडाहरुमा अधिकांश स्थानमा एमालेले कब्जा गरेका थिए । स्थानीय तह निर्वाचनको मतको आधारमा एमाले पहिलो कांग्रेस दोस्रो र माओवादी केन्द्रको तेस्रो पोजिसन रहेको छ । मतलाई सर्वेक्षण गर्ने हो भने एमाले दुवै निर्वाचन क्षेत्रमा बलियो रहेको छ । १ नम्बर निर्वाचन क्षेत्रमा कांग्रेस दोस्रो छ भने २ नम्बर क्षेत्रमा माओवादी केन्द्र दोस्रो रहेको छ ।

माओवादीको निसाना विरुद्ध गरेको संघर्ष र आगमी निर्वाचनमा माआवादी केन्द्रलाई भोट मागिदिनुपर्ने कुराले एमाले कार्यकर्ताले आपनो राजनीतिक इतिहास र भविष्य समाप्त हुने भय बढेको छ । व्यवहारिक रुपमा सुर्य चिन्हलाई भोट माग्दै आएको एमाले कार्यकर्ता माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडालाई भोट मागे व्यवहारिक नहुने र चुनाव जित्नका लागि निकै गाह्रो हुने आकलन छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७