पाकिस्तानको बलुचिस्तानमा आत्मघाती हमला, कम्तीमा नौ प्रहरी मारिए


०७:४८ बजे

काठमाडौँ । पाकिस्तानमा सोमबार भएको एक बम आक्रमणमा कम्तीमा पनि ९ जना प्रहरीको ज्यान गएको छ । देशको दक्षिण पश्चिमी क्षेत्रमा भएको उक्त आत्मघाती हमलामा ती प्रहरी मारिएका हुन् ।

यो घटना बलुचिस्तान प्रान्तको बोलान शहरमा भएको हो । मारिएका प्रहरी जवान बलुचिस्तानअन्तर्गतकै थिए । बीबीसीका अनुसार यो घटनामा १० भन्दा धेरै प्रहरी घाइते भएका छन् । एक अधिकारीका अनुसार कम्बरी पुलमाबलुचिस्तान प्रहरीको एक गाडीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । गाडीमा सवार सुरक्षाकर्मी आइतवार सकिएको सिबी मेलामा ड्युटी सकेर सिबीबाट क्वेटा जाँदै थिए ।

बलुचिस्तानका मुख्यमन्त्री मिर अब्दुल कुदौस बिजेन्जोले सुरक्षाकर्मीको गाडीमा भएको विस्फोटको निन्दा गरेका छन् । उनले यसलाई आतंकवादी कृत्य बताउँदै मृतक र घाइतेका परिवारप्रति दुःख र शोक व्यक्त गरेका छन् । पाकिस्तानमा पछिल्लो केही समययता सुरक्षा बललाई निशाना बनाएर आक्रमण गर्ने क्रम बढेको छ । बलुचिस्तानमा अलग्गै देश माग गरेर लामो समयदेखि आन्दोलन चलिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७