पाकिस्तानमा पूर्व प्रधानमन्त्री खानको भाषण प्रशारणमा प्रतिबन्ध


२२ फाल्गुन २०७९, सोमबार
imran khan

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका भाषण प्रशारण गर्न प्रतिबन्ध लगाइएको छ । राज्यका संस्थाविरुद्ध घृणा बढाउने अभिव्यक्ति दिएको आरोपमा टीभी च्यानलहरूलाई खानको भाषण र सम्मेलनहरू प्रशारण गर्न प्रतिबन्ध लगाइएको हो ।

खानले पूर्वी सहर लाहोरमा भाषणका क्रममा गत वर्ष अप्रिलमा आफूलाई सत्ताबाट हटाउनुका पछाडि सेनाका पूर्व प्रमुख जनरल कमर जावेद बाजवाको भूमिका रहेको आरोप लगाएका थिए । राजधानी इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि क्रिकेटरबाट राजनीतिज्ञ बनेका उनले यस्तो भाषण गरेका हुन् । उक्त आरोप अस्वीकार गर्ने खान गिरफ्तारीबाट जोगिएका थिए ।

खानले प्रधानमन्त्री पद गुमाएपछि र तत्काल राष्ट्रिय निर्वाचनको मागसहित जुलुस गरेपछि त्यति बेला पनि उनको समाचार प्रशारण गर्न प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध लगाएको झण्डै दुई घण्टापछि रेगुलेटरी अथोरिटीले खानको लाहोर भाषण प्रशारण गरेको भन्दै निजी समाचार च्यानल एआरवाई न्युजको लाइसेन्स निलम्बन गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७